< कानुनी
कृपया ध्यानमा राख्नुहोस् – यो पृष्ठले अगस्ट 2018 अनुसार Western Union का वेबसाइटहरूमा कुकीहरू कसरी प्रयोग गरिएका छन् भन्ने बारेमा व्याख्या गर्छ।
कुकीहरू भनेका तपाईं जानुहुने वेबसाइट र तपाईंले खोल्ने निश्चित इमेलहरूद्वारा तपाईंको कम्प्युटरमा राखिने साना टेक्स्ट फाइलहरू हुन्। तिनीहरू वेबसाइटहरू सञ्चालन गर्न वा अझ प्रभावकारी रूपमा कार्य गर्न, साथै व्यापार र बजारीकरणसम्बन्धी जानकारी प्रदान गर्नका लागि व्यापक रूपमा प्रयोग गरिन्छ।
हामी तपाईंको कुकीका प्राथमिकताहरू सम्झिनका लागि कुकी प्रयोग गर्छौँ। यसको अर्थ:
कुकीहरूका बारेमा थप विस्तृत जानकारीका लागि www.allaboutcookies.org मा जानुहोस्
हामीले तपाईंले चयन गर्नुभएको प्राथमिकताको स्तरअनुसार मात्र कुकीहरू पढ्ने वा लेख्ने छौँ। तपाईंको ब्राउजरले JavaScript लाई समर्थन नगरेमा तपाईंले आफ्नो वेब ब्राउजर सेटिङहरूमार्फत कुकीका प्राथमिकताहरू व्यवस्थित गर्नुपर्ने हुन्छ। तपाईंले आफ्नो ब्राउजरमार्फत सबै कुकी असक्षम गर्नुभयो भने, यस साइटका सीमित सुविधाहरूले मात्र काम गर्न सक्छन् भन्ने कुरा ध्यानमा राख्नुपर्छ।
तपाईंले Western Union का वेबसाइटहरूमा भिजिट गर्ने क्रममा तीन प्रकारका कुकीहरू प्रयोग गर्न सकिन्छ
यस वर्गमा पर्ने कुकीहरूका उदाहरणहरू:
Western Union | BigIPCookie; Server_Cookie; CookieOptin; SessionID; WUCountryCookie; WULanguageCookie; and JSessionID। |
यस वर्गका उदाहरणहरू तल दिइएको छ र हाम्रो साझेदारहरूद्वारा उपलब्ध गराइएका छन्।
साझेदार | विवरण |
Omniture | हामी ‘वेब विश्लेषक’ भनिने Western Union मार्फत पृष्ठको प्रयोग, पृष्ठसँग अन्तरक्रिया र मार्गहरूको तथ्याङ्कीय विश्लेषण गर्न Omniture को सफ्टवेयर प्रयोग गर्छौँ। हामी ग्राहकहरूले अन-साइट कारोबारको अवधिमा उपलब्ध गराउने निश्चित जानकारी रेकर्ड गर्न सक्छौँ। यस जानकारीले हामीलाई ग्राहकहरूलाई पहिचान गर्न र उहाँहरूको व्यक्तिगत व्यवहार र आवश्यकताका बारेमा अझ राम्ररी बुझ्न अनुमति दिन्छ। |
TeaLeaf | यो सम्भावित वेबसाइटका समस्याहरू निवारण गर्ने उद्देश्यका लागि प्रयोग गरिन्छ। यसले प्रयोगकर्ताको वेबसाइट अनुभव समीक्षा गर्ने र समस्याहरू पहिचान गरी समाधान गर्ने विधि उपलब्ध गराउँछ। |
कुकीहरूलाई यो वर्गमा राख्ने हाम्रा साझेदारहरू तल दिइएको छ।
साझेदारहरू | उद्देश्य |
DoubleClick | हाम्रो अनलाइन विज्ञापन आपूर्तिकर्ता अन्य साइटहरूमा हाम्रा इन्टर्नेटका विज्ञापनहरू गर्ने उद्देश्यले प्रयोग गरिन्छ। |
Affiliate Window | यसमा भएको सम्बद्ध नेटवर्कले हामीलाई आगन्तुकहरू विज्ञापन र कमिसनका भुक्तानीहरूलाई सहज बनाउन हाम्रो साइटमा कसरी आइपुगेका छन् भन्ने कुरा पत्ता लगाउन मद्दत गर्छ। |
Net Booster | यसमा भएको सम्बद्ध नेटवर्कले हामीलाई आगन्तुकहरू विज्ञापन र कमिसनका भुक्तानीहरूलाई सहज बनाउन हाम्रो साइटमा कसरी आइपुगेका छन् भन्ने कुरा पत्ता लगाउन मद्दत गर्छ। |
Trade Doubler | यसमा भएको सम्बद्ध नेटवर्कले हामीलाई आगन्तुकहरू विज्ञापन र कमिसनका भुक्तानीहरूलाई सहज बनाउन हाम्रो साइटमा कसरी आइपुगेका छन् भन्ने कुरा पत्ता लगाउन मद्दत गर्छ। |
Commission Junction | यसमा भएको सम्बद्ध नेटवर्कले हामीलाई आगन्तुकहरू विज्ञापन र कमिसनका भुक्तानीहरूलाई सहज बनाउन हाम्रो साइटमा कसरी आइपुगेका छन् भन्ने कुरा पत्ता लगाउन मद्दत गर्छ। |
केही अवस्थाहरूमा, यीमध्ये केही कुकीहरू हाम्रा लागि तेस्रो पक्षहरूद्वारा व्यवस्थित गरिन्छ तर हामीले तेस्रो पक्षलाई माथि सूचीबद्ध गरिएको भन्दाबाहेक अन्य उद्देश्यका लागि कुकीहरू प्रयोग गर्ने अनुमति दिदैनौँ।
आफ्ना कम्प्युटरबाट तेस्रो पक्ष कुकीहरू हटाउनका लागि, तपाईं आफ्नो ब्राउजर सेटिङहरूमार्फत कुकीका प्राथमिकताहरू व्यवस्थित गर्न सक्नुहुन्छ।
थप जानकारी
कुकीहरूका बारेमा थप विवरणहरू
https://www.allaboutcookies.org
र https://www.youronlinechoices.eu मा फेला पार्न सकिन्छ