< कानुनी

अनलाइन प्रोफाइल दर्ताका नियम र सर्तहरू

तपाईंको प्रोफाइल दर्ता निम्न सर्त तथा नियमहरूसँग (“सर्तहरू”) सम्बन्धित छ। यी सर्तहरूका लागि सम्झौता संस्था भनेको WESTERN UNION JAPAN KK हो।

प्रोफाइल दर्ता
प्रोफाइल दर्ता गर्नाले (“ प्रोफाइल”) तपाईंको र तपाईंले पैसा पठाउन सक्ने वा पैसा माग्न सक्ने पक्षहरूको व्यक्तिगत जानकारीसहित जानकारी भण्डारण गर्न तपाईंलाई अनुमति दिने छ जसले त्यसपछि Western Union (“ WU”) समूह कम्पनीहरू र सम्बद्ध WU पैसा ट्रान्सफर सेवासहित (“ MT सेवा”) (एकसाथ, ” सेवाहरू“) समय समयमा तपाईंका लागि उपलब्ध हुन सक्ने सहज सेवाहरू पहुँच गर्न सक्छ। शङ्का रोक्नका लागि, MT सेवा Western Union जापान KK द्वारा जापानमा गरिन्छ।

लगइन र पासवर्ड। प्रोफाइल समाप्ति र निलम्बन
WU मा तपाईंले दर्ता गरेको इमेल ठेगाना तपाईंको प्रोफाइल लगइन प्रयोगकर्ता पहिचान गरिने छ। तपाईंलाई एउटाभन्दा धेरै प्रोफाइल सिर्जना गर्न अनुमति छैन। तपाईंले आफ्नो लगइन र तपाईंले छनोट गर्नुभएको पासवर्ड सुरक्षित गर्नुपर्छ र यो कसैलाई पनि खुलासा गर्नुहुँदैन। तपाईंको प्रयोगकर्ता वा पासवर्ड जोखिममा परेमा, तपाईंले तल उपलब्ध गराइएको सम्पर्क गर्ने समयमा तुरुन्तै WU लाई सूचित गर्नुपर्छ। तपाईं तल उपलब्ध गराइएको सम्पर्क गर्ने समयमा WU लाई सम्पर्क गरेर कुनै पनि समयमा आफ्नो प्रोफाइन समाप्त गर्न सक्नुहुन्छ। WU ले आफ्नो उचित नियन्त्रण बाहिरका अवस्था, प्राविधिक जडानसम्बन्धी समस्या, यी सर्तहरूको उल्लङ्घन वा MT सेवाका लागि लागूयोग्य नियम र सर्तहरू वा अन्यथा WU को एकल र पूर्ण विवेकमा WU ले जुनसुकै समयमा तपाईंको प्रोफाइल वा व्यक्तिगत सेवाहरूको पहुँच निलम्बन वा समाप्त गर्न सक्छ। गलत वा पुरानो जानकारीले तपाईंको सेवाहरूको प्रयोग रोक्न वा ढिलाइ गराउन सकृने हुनाले आफ्ना प्रोफाइल विवरणहरू नवीनतम राख्नु तपाईंको जिम्मेवारी हो।

तपाईंको प्रोफाइल पहुँचएक्सेस गर्ने र सेवाहरूको प्रयोग

A. तपाईं निम्न कुरामा सहमत हुनुहुन्छ:

  1. आफ्ना प्रोफाइल विवरणहरू नवीनतम राख्न;
  2. राम्रो विश्वासमा कानुनी उद्देश्यहरूका लागि र तपाईंको प्रोफाइल वा सेवाहरूसँग सम्बन्धित कुनै पनि क्रियाकलाप सञ्चालन गर्न सधैँ कानुनी शैली र थप सहमतमा मात्र तपाईंको प्रोफाइल पहुँच गर्न र सेवाहरू प्रयोग गर्न;
  3. सेवाहरूको प्रयोग र/वा तपाईंको प्रोफाइलमा पहुँचसँग सम्बन्धित कुनै पनि र सबै मार्गनिर्देशन, सूचना र निर्देशन पालना गर्नुका साथसाथै समय-समयमा WU द्वारा जारी गरिएका कुनै पनि संशोधनको अनुपालना गर्न;
  4. तपाईंले पोस्ट गर्ने वा तपाईंका कारण पोस्ट हुने कुनै पनि जानकारी वा डेटा सही छ भन्ने कुरा सुनिश्चित गर्न र
  5. WU लाई तपाईंको पहिचान प्रमाणित गर्न सक्षम बनाउन थप कागजातहरू वा जानकारी उपलब्ध गराउन WU बाट आउने कुनै पनि अनुरोधको अनुपालन गर्न।

गोपनीयता
तपाईंलाई WU लाई अन्य कुराहरूका साथसाथै, आफ्नो पहिचान प्रमाणित गर्न, आफ्नो वित्तीय संस्थाबाट भुक्तानी अनुमति प्राप्त गर्न; र कारोबार पूरा गर्ने (तपाईंले MT सेवा प्रयोग गर्नुभएको छ भने) अुममति दिनका लागि केही व्यक्तिगत जानकारी उपलब्ध गराउन आवश्यक हुने छ। यहाँ उपलब्ध WU को गोपनीयता कथन मा WU ले तपाईंको प्रोफाइल दर्ताको सम्बन्धमा तपाईंको व्यक्तिगत जानकारीका कसरी सङ्कलन र प्रयोग र खुलासा गर्छ भन्ने बारेमा व्याख्या गरिएको छ। यी सर्तहरू स्वीकार गर्नुभयो भने, तपाईं गोपनीयता कथन पढेर त्यसमा सहमत जनाउनुभएको छ र गोपनीयता कथनमा उल्लेख गरिएका उद्देश्यहरूका लागि आफ्नो व्यक्तिगत जानकारीको सङ्कलन, प्रयोग र खुलासामा सहमति हुनुहुन्छ भन्ने कुरा स्वीकार गर्नुभएको छ भन्ने अर्थ लाग्छ।

उत्तरदायित्वको सीमा

(i) अधिकारप्रदान नगरिएका कारोबारहरू

तपाईंको लगइन र पासवर्ड गोपनीय हुन्छ र कुनै पनि व्यक्तिलाई सेयर गर्नुहुँदैन। कानुनद्वारा अनुमति दिइएको अधिकतम हदसम्म, WU ले तपाईंको अनुमतिविना नै तपाईंको लगइन र पासवर्ड प्रयोग गरेर सुरु गरिने कारोबारहरूप्रति कुनै पनि दायित्व आफूसँग राख्दैन। WU कुनै पनि अवस्थामा कुनै पनि अप्रत्यक्ष, विशेष, आकस्मिक वा परिणामात्मक क्षतिहरूका लागि उत्तरदायी हुने छैन। माथि उल्लिखित अस्वीकरणले कुनै पनि नोक्सानी भएमा त्यसका लागि WU को दायित्वलाई उसको आफ्नै लापरवाही वा जानीजानी दुराचारबाट हुने क्षतिको हदमा सीमित गर्दैन।

(ii) वेबसाइट र सेवाहरू “जस्ताको तस्तै” र “उपलब्ध भए जस्तै” उपलब्ध गराइन्छ

तपाईं वेबसाइट र यसका सामग्री र सेवाहरू “जस्ताको तस्तै” र “उपलब्ध भए जस्तै” आधारमा उपलब्ध गराइएको छ भन्ने कुरा बुझ्नुहुन्छ र उक्त कुरामा सहमत हुनुहुन्छ र लागूयोग्य कानुनअन्तर्गत स्पष्ट रूपमा उपलब्ध गराइएका सीमाबाहेक, WU ले विशेष उद्देश्यका लागि सीमितताविना, लागू गरिएका वारेन्टी वा नियम, व्यापारिकताको कुनै पनि नियम वा वारेन्टी, तेस्रो पक्षीय अधिकारहरूको शीर्षक वा गैर-उल्लङ्घन र फिटनेसको कुनै पनि नियम वा वारेन्टीसहित व्यापारको व्यवहार वा उपयोगको अवधिमा अभिव्यक्त वा लागू गरिएका र व्यवस्था वा अन्यथा कानुनद्वारा उपत्पन्न हुने कुनै पनि प्रकार वा प्रकृतिको सबै प्रतिनिधित्व वा वारेन्टी वा नियमहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्छ।

यी सर्तहरूमा कुनै पनि लागूयोग्य वैधानिक उपभोक्ता सुरक्षाहरूको आवेदनलाई अलग गर्ने, प्रतिबन्ध लगाउने वा परिमार्जन गर्ने उद्देश्य राखिएको छैन। कानुनद्वारा अनुमति दिइएको पूर्ण हदसम्म, कानुनी रूपमा समावेश गर्न नसकिने कुनै पनि लागूयोग्य वैधानिक उपभोक्ताका सुरक्षाअन्तर्गत लागू गरिएका वा लगाइएका कुनै पनि सर्त, नियम, ग्यारेन्टी वा वारेन्टीको उल्लङ्घनका लागि WU को दायित्व सेवाहरू पुनः आपूर्ति गर्ने वा पुनः आपूर्ति गरिएका सेवाहरूको लागत भुक्तानी गर्ने; वा हामीले आपूर्ति गर्ने कुनै पनि सामानको सम्बन्धमा, सामानहरू पुनः आपूर्ति गर्ने वा पुनः आपूर्ति गरिएका सामानहरूको लागत भुक्तानी गर्ने हाम्रो विकल्पमा दायित्वसम्म सीमित छ।

रसिद र सञ्चारको इलेक्ट्रोनिक डेलिभरी
WU वेबसाइट (“वेबसाइट”), WU मोबाइल एप (“एप”) मा वा प्रोफाइल दर्ता गर्ने क्रममा वा सेवाहरू प्रयोग गरेर उपलब्ध गराउनुभएको अद्यावधिक गर्नुभएकोइमेल ठेगानामा वा मोबाइल फोन नम्बरमा SMS मार्फत तपाईं रWU बिच सबै MT सेवा कारोबार रसिद र अन्य सञ्चार (सीमितताविना, गोपनीयता वा इलेक्ट्रोनिक फन्ड ट्रान्सफरहरूसँग सम्बन्धित कानुनअन्तर्गत आवश्यक खुलासा गर्ने लगायत ) स्वीकार गर्न सहमत हुनुहुन्छ। तपाईंको इमेल ठेगाना वा मोबाइल फोन नम्बर परिवर्तन भएमा तपाईंले WU लाई एप वा वेबसाइमार्फत सूचित गर्नुपर्छ।

प्रतिबन्ध लगाइएका गतिविधिहरू

A. प्रोफाइलमा तपाईंको पहुँचको सम्बन्धमा वा अन्य कुनै पनि प्रयोगकर्ता वा तेस्रो पक्षसँगको तपाईंको अन्तरक्रियाको क्रममा, तपाईंले निम्न कुराहरू गर्नुहुँदैनः

  1. कुनै पनि कानुन, नियमन वा तेस्रो पक्षका अधिकाहरू उल्लङ्घन गर्ने, वेबसाइटमा उल्लेख गरिएका यी सर्त, गोपनीयता कथन वा अन्य कुनै पनि नीति तोड्ने;
  2. WU को प्रतिलिपि अधिकार,पेटेन्ट, ट्रेडमार्क, व्यापारिक गोप्यता वा अन्य बौद्धिक सम्पत्तिका अधिकारहरूको उल्लङ्घन गर्ने;
  3. झुटा, जालसाजी, गलत वा भ्रामक जानकारी उपलब्ध गराउने;
  4. अज्ञात प्रोक्सी प्रयोग गर्ने;
  5. भाइरस, ट्रोजन हर्स, वर्म वा वेबसाइटमा हानी पुर्‍याउन सक्ने अन्य कम्प्युटर प्रोग्रामिङ प्रविधिहरू वा अन्य कुनै पनि प्रयोगकर्ता र अन्य कुनै पनि तेस्रो पक्षका रुचि वा सम्पत्ति वितरण गर्ने;
  6. सेवाहरूमा जडान भएका अन्य कम्प्युटर प्रणाली वा नेटवर्कहरूमा अनधिकृत पहुँच प्राप्त गर्ने वा अन्यथा हस्तक्षेप वा अवरोध गर्ने प्रयास गर्ने;
  7. WU को पूर्व लिखित सहमतिविना अन्य तेस्रो पक्षलाई तपाईंको प्रोफाइल ट्रान्सफर गर्ने;
  8. गैर-कानुनी उद्देश्य वा कुनै पनि किसिमको आपराधिक क्रियाकलापको सम्बन्धमा तपाईंको प्रोफाइल प्रयोग गर्ने; वा
  9. कुनै पनि किसिमको कुनै गैर-कानुनी वा अवैध वा जालसाजी क्रियाकलापलाई सहज बनाउने।

B. हामीलाई तपाईं माथि उल्लेख गरिएका कुनै पनि प्रतिबन्धित क्रियाकलापमा संलग्न हुनुहुन्छ भन्ने तार्किक रूपमा शंका लागेमा, हामी निम्न कार्य(हरू) गर्न सक्छौँः

  1. कुनै पनि शंकास्पद वा अवैध गतिविधि सम्बन्धित अधिकारीहरूलाई रिपोर्ट गर्न;
  2. कुनै पनि कारोबार रद्द वा अस्वीकार गर्न;
  3. कुनै पनि प्रोफाइल निलम्बन वा बन्द गर्न; वा
  4. WU ले आफ्नो उचित स्वविवेकमा आवश्यक ठानेको थप कदमहरू चाल्न सक्छ जसमा तपाईंविरुद्ध कानुनी कारबाही गर्ने कुरा पनि पर्छ।

C. हामीले तपाईंको प्रोफाइल बन्द गर्‍यौँ भने, हामीले तपाईंलाई सम्भव भएसम्म छिटो बन्द सूचना प्रदान गर्ने छौँ।

D. तपाईंको प्रोफाइल निलम्बन भएको अवस्थामा, हामीले तपाईंलाई उचित रूपमा सम्भव भएसम्म निलम्बनका बारेमा सूचित गर्ने छौँ र तपाईंलाई उयुक्त भएमा र हुँदा पहुँचको पुनर्स्थापनाका लागि अनुरोध गर्ने अवसर प्रदान गर्ने छौँ। पहुँचको कुनै पनि पुनर्स्थापना WU को एकल र पूर्ण विवेकमा हुने छ र WU को प्रचलित नीति र प्रक्रियाहरूको अधीनमा हुने छ।

बौद्धिक सम्पत्ति
WESTERN UNION को नाम र लोगो र वेबसाइट र सेवाहरूसँग सम्बन्धित सबै नाम र लोगोहरू कम्पनीका ट्रेडमार्क वा दर्ता गरिएका (वा लागूयोग्य भएमा यसका सम्बद्ध, आपूर्तिकर्ता, साझेदार व्यवसाय वा इजाजतपत्रदाताका) ट्रेडमार्कहरू हुन्। तपाईं वेबसाइट, सेवा र सेवाहरूसँग सम्बन्धित प्रयोग गरिने कुनै पनि अन्तर्निहित प्रविधिमा बौद्धिक सम्पत्ति र स्वामित्वसम्बन्धी जानकारी समावेश छ भन्ने कुरा स्वीकार गर्नुहुन्छ। तपाईं यसमा रहेको सामग्री हेर्न र तपाईंको व्यक्तिगत, गैर-व्यवसायिक प्रयोगका लागि उक्त सामग्रीका अंशहरूको उचित सङ्ख्यामा प्रतिलिपिहरू (परिमार्जनविना) सिर्जना गर्न आवश्यक भएकोबाहेक वेबसाइट वा सेवाहरू वा माथि उल्लिखित दर्ता वा दर्ता नगरिएका ट्रेडमार्कहरू, बौद्धिक सम्पत्ति वा स्वामित्व जानकारी व्युतपन्न कार्यहरू प्रयोग गर्न, उत्पादन गर्न, वितरण गर्न, परिमार्जन गर्न वा सिर्जना गर्न, एप वा सेवाहरूको भाग सार्वजनिक रूपमा प्रदर्शन (कुनै पनि सामग्री फ्रेम गरेर सहित) गर्न वा व्यावसायिक रूपमा शोषण गर्न सक्नुहुन्न। यसका साथै, सबै पृष्ठको हेडर, अनुकूलन ग्राफिक्स, बटन आइकन र स्क्रिप्टहरू WU का सेवा चिन्ह र/वा ट्रेडमार्कहरू हुन्। तपाईं हाम्रो पूर्व लिखित सहमतिविना तिनीहरूको व्युत्पन्न कार्यहरू प्रयोग, पुनर्उत्पादन, वितरण, परिमार्जन वा सिर्जना गर्न सक्नुहुन्न।

वेबसाइट, यसका सामग्री, सेवाहरू, सेवाहरूका सम्बन्धमा प्रयोग गरिने प्रविधि र माथिका कुनै पनि कुराबाट सिर्जना वा उत्पन्न गरिएका कुनै पनि र सबै प्रविधि र कुनै पनि सामग्रीका सबै अधिकार, शीर्षक र रुचि WU (वा लागू भएमा, यसको सम्बद्ध, आपूर्तिकर्ता, साझेदार व्यवसाय वा इजाजतपत्रदाता) को विशेष सम्पत्ति हो।

लिङ्कहरू
WU ले WU भन्दा अन्य पक्षहरूले सञ्चालन गरेकासहित, अन्य सेवा वा बेवमा आधारित स्रोतहरूको वेबसाइटमा लिङ्कहरू उपलब्ध गराउन सक्छ। यी लिङ्कहरू तपाईंको सुविधाका लागि उपलब्ध गराइएको छ र WU तेस्रो पक्षहरूले उपलब्ध गराएका वेबसाइट वा स्रोतहरूको उपलब्धताका लागि जिम्मेवार छैन। WU ले त्यस्ता बाह्य वेबसाइट वा स्रोतहरूको सामग्रीको समर्थन वा जिम्मेवारी स्वीकार गर्दैन। कुनै पनि तेस्रो पक्षका वेबसाइट वा स्रोतहरूको अवलोकन तपाईंको आफ्नै जोखिममा सञ्चालन गरिन्छ।

छुट हुँदैन

यी सर्तहरूको कुनै पनि अधिकार वा प्रावधानलाई कार्यान्वयन वा लागू गर्नमा हाम्रो असफलतालाई त्यस्ता अधिकार वा प्रावधानको त्याग समावेश रहेको मान्नु हुँदैन।

विविध
यी सर्तहरू, यहाँ सन्दर्भमार्फत समावेश गरिएका अन्य सबै वस्तुहरूका साथ, तपाईं र WU को बिचको सम्पूर्ण सम्झौता र बुझाइलाई समावेश गर्छ र WU का साथ तपाईंको सबै पूर्व सम्झौता वा व्यवस्थाहरूलाई हटाउँछ। WU सँग तपाईंको सहमतिविना जुनसुकै समयमा सहायक वा सम्बद्ध कम्पनी वा कुनै पनि तेस्रो पक्षलाई तपाईंसँगको सम्झौता ट्रान्सफर गर्ने अधिकार छ। तपाईं WU को पूर्व लिखित सम्झौताविना WU सँग आफ्नो सम्झौता निर्दिष्ट वा ट्रान्सफर गर्न सक्नुहुन्न। यीमध्ये कुनै एक वा सोभन्दा बढी सर्तहरू कुनै पनि कारणले गर्दा अवैध, गैर-कानुनी वा अप्रवर्तनीय मानिएमा, बाँकी प्रावधानहरू वैध र लागूयोग्य रहने छन्।

यी सर्तहरू वेबपेजमामा सूचित गरिएनुसार समय समयमा परिवर्तन हुन्छन् र तपाईंले यस्ता परिवर्तन प्रभावकारी भइसकेपछि सेवाहरू प्रयोग गर्न जारी राख्नुभयो भने तपाईंले यस्ता कुनै पनि परिवर्तन स्वीकार गरेको मानिने छ।

लागूयोग्य कानुन र क्षेत्राधिकार

यी सर्तहरू जापनको कानुनअनुसार नियन्त्रित र निर्माण गरिने छ र पक्षहरू जापनका अदालतहरूको विशेष क्षेत्राधिकारको अधीनमा हुने छन्।

ग्राहकका सोधपुछ र टिप्पणीहरूका लागि 0120-961-623 मा ग्राहक सेवालाई कल गर्नुहोस् वा हामीसँग च्याट गर्नुहोस्