अनलाइन
हाम्रो एपबाट
व्यक्तिगत रूपमा
अनलाइन पैसा पठाउनुहोस्, स्टोरमा भुक्तानी गर्नुहोस्
Seven Bank
FamilyMart
जुनसुकै बेला, जहाँसुकैबाट पैसा पठाउनुहोस्
1. लग इन गर्नुहोस् वा दर्ता गर्नुहोस्
दर्ता गर्नुभएको छैन? प्रोफाइल बनाउनुहोस् र अनलाइनबाट पैसा पठाउने तरिका जान्नुहोस्।
2. आफ्नो पहिचान पुष्टि गर्नुहोस्
– westernunion.com बाट पैसा पठाउनुहोस्।
– तपाईंले निम्नअनुसारका कम्तिमा पहिचानसम्बन्धी 2 वटा कागजात पेस गर्नु पर्ने हुन्छ:
जापानी बासिन्दाहरू:
• जापानी राहदानी वा ड्राइभिङ लाइसेन्स
• मेरो नम्बर कार्ड वा मेरो नम्बरको साथ जुमिन्ह्यो (पछिल्लो 6 महिना भित्र जारी गरिएको)
विदेशी बासिन्दाहरू:
• निवास कार्ड
• मेरो नम्बर कार्ड वा मेरो नम्बरको साथ जुमिन्ह्यो (पछिल्लो 6 महिना भित्र जारी गरिएको)
3. westernunion.com बाट पैसा पठाउनुहोस्
– तपाईंले पैसा पठाउन चाहनुभएको देश र तपाईंले पठाउन खोज्नुभएको रकम हाल्नुहोस्।
– तपाईं अनलाइन पैसा पठाउँदा कसरी भुक्तानी गर्न चाहनुहुन्छ भन्ने कुरा छनौट गर्नुहोस्: व्यक्तिगत इन्टरनेट बैंकिङ खातामार्फत वा तपाईंको व्यक्तिगत बैंकिङ खाताको ATM मार्फत।
– पेआउट गर्ने विधि रोज्नुहोस्: क्यास, सिधै बैंकमा वा निश्चित देशमा भए मोबाइल वालेट।
4. प्रापकको विवरण हाल्नुहोस्
– तपाईं सिधै बैंक खातामा पठाउँदै हुनुहुन्छ भने तपाईंलाई तपाईंको प्रापकको बैंको नाम र खाता नम्बर1 चाहनुन्छ।
– तपाईं फेरि पनि सहज रूपमा पैसा पठाउन सक्नुहोस् भन्नका लागि आफ्नो प्रापकको विवरण सेभ गर्न सक्नुहुन्छ।
5. भुक्तानी गर्नुहोस् र पठाउनुहोस्
– आफूले पठाएको पैसा भुक्तानी गर्नुहोस्।
– “पठाउनुहोस्” थिच्नुअघि सबै विवरण जाँच गर्नुहोस्।
– तपाईंले ट्रयाकिङ नम्बर (MTCN) सहितको पुष्टिकरणको इमेल प्राप्त गर्नु हुने छ। यो नम्बर आफूले पठाएको पैसा ट्रयाक गर्न प्रयोग गर्नुहोस् र आफ्नो प्रापकसँग मात्र सेयर गर्नुहोस्।
– तपाईंले दोस्रो पटक पैसा पठाउँदा:
हामी तपाईंको पोस्टल ठेगानामा 4-अङ्कको पिन मेल गर्ने छौँ। तपाईंले द्रोस्रो पटक पैसा पठाउँदा यो पिन हाल्नु पर्ने हुने छ।
1. एप डाउनलोड गर्नुहोस्
Apple App Store वा Google Play Store बाट Western Union® एप डाउनलोड गर्नुहोस्।
2. लग इन गर्नुहोस् वा दर्ता गर्नुहोस्
– प्रोफाइल बनाउन एपमा दिइएका चरणहरू पालना गर्नुहोस्। त्यसपछि पैसा पठाउनुहोस्।
– तपाईंले निम्नअनुसारका कम्तिमा पहिचानसम्बन्धी 2 वटा कागजात पेस गर्नु पर्ने हुन्छ:
जापानी बासिन्दाहरू:
• जापानी राहदानी वा ड्राइभिङ लाइसेन्स
• मेरो नम्बर कार्ड वा मेरो नम्बरको साथ जुमिन्ह्यो (पछिल्लो 6 महिना भित्र जारी गरिएको)
विदेशी बासिन्दाहरू:
• निवास कार्ड
• मेरो नम्बर कार्ड वा मेरो नम्बरको साथ जुमिन्ह्यो (पछिल्लो 6 महिना भित्र जारी गरिएको)
3. पैसा पठाउनुहोस्
– तपाईंले पैसा पठाउन चाहनुभएको देश र तपाईंले पठाउन खोज्नुभएको रकम हाल्नुहोस्।
– पेआउट गर्ने विधि रोज्नुहोस्: क्यास, सिधै बैंकमा वा निश्चित देशमा भए मोबाइल वालेट।
4. भुक्तानी गर्नुहोस् र पठाउनुहोस्
– व्यक्तिगत इन्टरनेट बैंकिङ खातामार्फत वा तपाईंको बैंक खाताको ATM मार्फत पठाइएको पैसाको भुक्तानी गर्नुहोस्।
– “पठाउनुहोस्” थिच्नुअघि सबै विवरण जाँच गर्नुहोस्। तपाईंले ट्रयाकिङ नम्बर (MTCN) सहितको पुष्टिकरणको इमेल प्राप्त गर्नु हुने छ। यो नम्बर आफूले पठाएको पैसा ट्रयाक गर्न प्रयोग गर्नुहोस् र आफ्नो प्रापकसँग मात्र सेयर गर्नुहोस्।
– तपाईंले दोस्रो पटक पैसा पठाउँदा:
हामी तपाईंको पोस्टल ठेगानामा 4-अङ्कको पिन मेल गर्ने छौँ। तपाईंले द्रोस्रो पटक पैसा पठाउँदा यो पिन हाल्नु पर्ने हुने छ।
1. Western Union एजेन्टको लोकेसनमा जानुहोस्
जापानमा रहेका हाम्रा 200 भन्दा धेरै ऐजेन्टका लोकेसनहरूसमध्ये2 एकमा जानुहोस्। तपाईंको नजिककै ऐजेन्ट फेला पार्नुहोस्।
2. आफ्नो पहिचान पुष्टि गर्नुहोस्
– ऐजेन्टलाई तपाईंको पूरा नाम र वैध फोटो आइडी दिनुहोस्।
– तपाईंले पहिचानसम्बन्धी एउटा कागजात र निम्नअनुसार माई नम्बरको प्रमाणीकरणको कागजात प्रदान गर्नु पर्ने हुने छ (तपाईंले पहिचानसम्बन्धी कागजातमा माई नम्बर कार्ड पेस गर्नुभयो भने माई नम्बर प्रमाणीकरण आवश्यक पर्दैन)
जापानी बासिन्दाहरू:
• पहिचानसम्बन्धी कागजात: जापानी राहदानी (कृपया ठेगाना पुष्टि गर्ने कागजात पेस गर्नुहोला), सवारी चालक अनुमति पत्र वा माई नम्बर कार्ड
• माई नम्बर पुष्टि गर्ने कागजात: मेरो नम्बर कार्ड वा मेरो नम्बरको साथ जुमिन्ह्यो (पछिल्लो 6 महिना भित्र जारी गरिएको)
विदेशी बासिन्दाहरू:
• पहिचानसम्बन्धी कागजात: बसोबासको कार्ड
• माई नम्बर पुष्टि गर्ने कागजात: मेरो नम्बर कार्ड वा मेरो नम्बरको साथ जुमिन्ह्यो (पछिल्लो 6 महिना भित्र जारी गरिएको)
3. प्रापकको विवरण सेयर गर्नुहोस्
– ऐजेन्टलाई तपाईंको प्रापको पूरा नाम, देश र तपाईंले पठाउन चाहनुभएको सटीक रकम प्रदान गर्नुहोस्।
– पेआउट गर्ने विधि रोज्नुहोस्: क्यास, सिधै बैंकमा वा निश्चित देशमा भए मोबाइल वालेट।
4. भुक्तानी गर्नुहोस् र पठाउनुहोस्
– आफूले पठाएको पैसा क्यासमा भुक्तानी गर्नुहोस्।
– तपाईंले ट्रयाकिङ नम्बर (MTCN) सहितको पुष्टिकरणको रसिद प्राप्त गर्नु हुने छ। यो नम्बर आफूले पठाएको पैसा ट्रयाक गर्न प्रयोग गर्नुहोस् र आफ्नो प्रापकसँग मात्र सेयर गर्नुहोस्।
1. लग इन गर्नुहोस् वा दर्ता गर्नुहोस्
दर्ता गर्नुभएको छैन? प्रोफाइल बनाउनुहोस् र अनलाइनबाट पैसा पठाउने तरिका जान्नुहोस्।
2. पैसा पठाउनुहोस्
– तपाईंले पैसा पठाउन चाहनुभएको देश र तपाईंले पठाउन खोज्नुभएको रकम हाल्नुहोस्।
– पैसा दिने विधि “स्टोरमा भुक्तानी गर्ने” छनौट गर्नुहोस्।
3. प्रापकको विवरण हाल्नुहोस्
– तपाईं सिधै बैंक खातामा पठाउँदै हुनुहुन्छ भने तपाईंलाई तपाईंको प्रापकको बैंको नाम, कोड र खाता नम्बर1 चाहनुन्छ।
– तपाईं फेरि पनि सहज रूपमा पैसा पठाउन सक्नुहोस् भन्नका लागि आफ्नो प्रापकको विवरण सेभ गर्न सक्नुहुन्छ।
4. आफ्नो पहिचान पुष्टि गर्नुहोस्
– ऐजेन्टलाई तपाईंको पूरा नाम र वैध फोटो आइडी दिनुहोस्।
– तपाईंले पहिचानसम्बन्धी एउटा कागजात र निम्नअनुसार माई नम्बरको प्रमाणीकरणको कागजात प्रदान गर्नु पर्ने हुने छ (तपाईंले पहिचानसम्बन्धी कागजातमा माई नम्बर कार्ड पेस गर्नुभयो भने माई नम्बर प्रमाणीकरण आवश्यक पर्दैन)
जापानी बासिन्दाहरू:
• पहिचानसम्बन्धी कागजात: जापानी राहदानी (कृपया ठेगाना पुष्टि गर्ने कागजात सोही समयमा पेस गर्नुहोला), सवारी चालक अनुमति पत्र वा माई नम्बर कार्ड
• माई नम्बर पुष्टि गर्ने कागजात: मेरो नम्बर कार्ड वा मेरो नम्बरको साथ जुमिन्ह्यो (पछिल्लो 6 महिना भित्र जारी गरिएको)
विदेशी बासिन्दाहरू:
• पहिचानसम्बन्धी कागजात: बसोबासको कार्ड
• माई नम्बर पुष्टि गर्ने कागजात: मेरो नम्बर कार्ड वा मेरो नम्बरको साथ जुमिन्ह्यो (पछिल्लो 6 महिना भित्र जारी गरिएको)
5. स्टोरमा भुक्तानी गर्नुहोस्
– पठाएको पैसा क्यासमा भुक्तानी गर्नुहोस्।
– तपाईंले ट्रयाकिङ नम्बर (MTCN) सहितको रसिद प्राप्त गर्नु हुने छ। यो नम्बर आफूले पठाएको पैसा ट्रयाक गर्न प्रयोग गर्नुहोस् र आफ्नो प्रापकसँग मात्र सेयर गर्नुहोस्।
ग्राहकहरूले 24/7 वर्षैभरी Seven Bank ATM र इन्टरनेट बैंकिङमार्फत पैसा पठाउन सक्छन्। तिनीहरूका लाभार्थीहरूले 200 देश र क्षेत्रहरूमा रहेका Western Union लोकेसनहरूबाट पैसा लिन सक्छन्। एउटा ATM कार्डमा 12 जना प्राप्तकर्तासम्म दर्ता हुन सक्छन्।
Seven Bank ATMs र ग्राहक सेवा केन्द्रमा नौँ वटा भाषामा सेवा प्रदा गरिन्छ: जापानी, अङ्ग्रेजी, चिनी, टागालोग, पोर्चुकिज, स्पेनिस, भियतानमी, इन्डोनएसिएन र थाई।
Seven Bank को ओभरसी पैसा पठाउने सुविधा प्रयोग गर्न तपाईंले Seven Bank मा खाता खोल्नु पर्छ र ओभरसी पैसा पठाउने सुविधाको कर्न्ट्याक्टका लागि निवेदन दिनु पर्छ। तपाईं Seven Bank को वेबसाइट वा एप वा Seven Bank को शाखामा गई खाता खोल्न सक्नुहुन्छ।
सुरु गर्नुहोस्Western Union ले जापानमा रहेका 17,000+ FamilyMart सुविधा स्टोरहरूमध्ये कुनै पनि FamiPort Kiosks मार्फत जापानबाट ओभसीमा पैसा* पठाउन सजिलो बनाउँछ।
(*FamiPort Kiosks मार्फत ओभरसीबाट जापानमा पैसा प्राप्त गर्ने सुविधा उपलब्ध छैन।)
FamilyMart मार्फत अन्तर्राष्ट्रिय रूपमा पैसा पठाउने सेवा प्रयोग गर्न बैंक खाता खोल्न आवश्यक छैन। तपाईं FamilyMart को स्टोरको क्यास रजिस्टरमा गई क्यास भुक्तानी गर्न सक्नुहुन्छ।
यो सुविधा प्रयोग गर्न पहिल्यै दर्ता गर्नु पर्छ। एक पटकमा शुल्कसहित अधिकतम 300,000 JPY पैसा मात्र पठाउन सकिन्छ। यो सेवा दैनिक बिहानको 9 बजे देखि बेलुकीको 9 बजेसम्म उपलब्ध हुन्छ। मर्मतसम्भारका बेलामा भने सेवा उपलब्ध हुँदैन।
सुरु गर्नुहोस्जापानबाट हामीमार्फत पैसा पठाउनुहोस् र हामीले दिएका फाइदाहरूको लाभ लिनुहोस्।
ट्रयाकिङ नम्बर (MTCN) मार्फत आफूले पठाएको पैसा ट्रयाक गर्नुहोस्।
विश्वका कुना-कुनामा पैसा पठाउनुहोस्।
हामी 145 वर्ष देखि पैसाको कारोबार गरिरहेका छौँ।
हाम्रो प्रायः सोधिने प्रश्नहरू हेर्नुहोस् वा हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो ग्राहक सेवा विभागमा एक कल गरेर नै सम्पर्क गर्न सक्नुहुन्छ।
अङ्ग्रेजी: 24/7
जापानी: बिहान 8 बजेदेखि बेलुकी 9 बजेसम्म, दैनिक
0120-961-623 (जापानबाट)
+81-3-6868-0758 (ओभरसीबाट)
1 कृपया ध्यान दिएर आफ्नो बैंक खातासम्बन्धी जानकारी प्रदान गर्नुहोस्। तपाईंले प्रदान गर्नुभएको खाता नम्बर भएको बैंक खातामा रकम हालिने छ। प्रापकको खाता स्थानीय मुद्रा पेआउट गर्ने खाता हुनु पर्छ।
2 सन् 2020 जुन 30 सम्मको नेटवर्क डेटा।